नियम १८६
दैनिक तथा भ्रमण भत्ता पेश्की
स्थानीय निकायको कामको सिलसिलामा नेपाल
मुलुक भ्रमण गर्ने स्थानीय निकायका पदाधिकारीले अनुसूची–८१ मा उल्लेख
बमोजिम र कर्मचारी तथा अन्य व्यक्तिलाई प्रचलित कानून बमोजिम पाउने दैनिक
तथा भ्रमण भत्ता र अन्य रकम भए सो समेत हिसाब गरी बढी नहुने गरी पेश्की दिन
सकिनेछ र सम्बन्धित पदाधिकारी वा कर्मचारी तथा व्यक्तिले पनि भ्रमणबाट फर्केको
वा भ्रमण कार्य पूरा गरेको मितिले पैंतीस दिनभित्र फा“टवारी पेश गरी लिएको पेश्की
रकम फछ्र्यौट गर्नु पर्नेछ । म्यादभित्र फा“टवारी पेश नगरी म्याद नाघे पछि
फछ्र्यौटको निमित्त फा“टवारी पेश हुन आएमा म्याद नाघेको अवधिको निमित्त सम्पूर्ण
पेश्की रकममा दश प्रतिशत ब्याज लगाइनेछ ।